एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग

नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले आज विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको हो । चन्द्रकलालाई सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा छिमेकीले आक्रमण गरेका थिए । कुटाईबाट उहाँ सख्त घाइते हुनुभएको छ । … Continue reading एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग